अब IPO वाडफाड पछि ५, ६ दिन सम्म पनि हर्न नपाइने हाे त ? यस्ताे यसरि भएकाे हाे?

IPO Result in Nepal
IPO Result in Nepal

हाल नेपालमा IPO भर्नेकाे संख्या ह्वात्तै बढेकाे छ हामि सबैले देखेका छाै, जुन सुकै कम्पनिकाे नै किन नहाेस् वा जस्ताे सुकै कम्पनीकाे, IPO सबैले भर्छन्, अनि नभर्ने पनि त कुरा भएन, एक चाेटि विचार गर्दा लगभग १० देखि १५ लाखले भरेकाे IPO कुनै सामान्य वेवसाइडमा नतिजा प्रकाशन गर्दा के याे सम्भव छ? अाउनुहाेस् विचार गराै ।

पहिला IPO वाडफाड भएकाे नतिजा धेरै जसाे कुनै सँस्था वा व्यत्तिले अाफ्नाे वेवसाइडमा API बाट देखाउने गर्दथे भने हाल जुन कम्पनीले IPO निश्कासन गर्छ त्यसकाे वेवसाइड अनि जारि गर्ने संस्था र मेराे सेयर भनिएकाे छ ।

जुन IPO जारि गर्ने कम्पनीले हाे त्याे वेवशाइड सामान्य जानकारीकाे लागी बनाइएकाे हुन्छ र अन्य प्रयाेजन त्यति हुदैन, त्यस्ता खालका वेवसाइडमा हरेक दिन कुनै ट्राफिक भनाै या भिजिटर वा त्याे वेवसाइडलाइ खाेल्नेकाे संख्या एकदमै कम हुन्छ

त्यसकारण त्यस्ताे खालकाे वेवसाइडलाइ सामान्य सेयर गरिएकाे सर्भरमा हाेस्ट गरिएकाे हुन्छ मतलब सामान्य र सस्ताे मुल्य बरावरकाे सर्वरले चलेकाे हुन्छ, जसमा एकचाेटिमा १०० वा धेरैमा ३०० जतिले राम्ररी हेर्न मिल्छ ।

यदि यस्ताे वेवसाइडमा IPO काे नतिजा प्रकाशन भयाे भने शिधै 500 Internal Server error अाउछ, र वेवसाइड चल्न बन्द हुन्छ, अर्थात सर्भर ह्याङ्ग हुन्छ, सम्झनुहाेस् सर्भरले जम्मा ३०० जना लिन सक्छ तर IPO बाडफाड भयाे भने कम्तिमा पनि ३, ४ लाखले एक चाेटमै खाेल्ने प्रयास गर्छन् र त्याे ३, ४ लाख क्लिक गरिएकाे रिक्वेयस्टलाइ सर्भरले प्राेसेस गर्न सक्दैन र याे समस्या अाउछ ।

फेरी अर्काे अल्ट्ररनेट अर्थात IPO निश्कासन गर्ने कम्पनीकाे वेवसाइडकाे सट्टामा हेर्नेकाे भने मेराे सेयर हाे त्यसमा त पहिल्यै देखिनै ट्राफिक अर्थात त्याे वेवसाइड खाेल्नेकाे संख्या धेरै छ अनि यस्तै समस्या छ ।

याे समस्याकाे राम्राे समाधान पहिलेकै कुनै सँस्था र व्यत्ति ले धेरै मुल्य तिरेर सजिलै सबैले हर्नमिल्ने सर्भर ल्याएका हुन्छन् जस्लाइ VPS वा Dedicated सर्भर चाहिन्छ जस्काे मुल्य सामान्य रहदैन त्यसैले एकदिनकाे लागी वा भनाै २, ४ दिनकाे लागी कुनैपनि कम्पनिले त्याे सर्भर खरिद गर्दैन, यदि गरिहालेपनि सर्भर मेन्टेनेन्स साथै वेवसाइड माइग्रेड गर्न फेरि राम्राेखालकाे IT इन्जिनियर नै चाहिने भयाे, त्याे पनि फरक फरक प्रत्यक कम्पनीलाइ, यसरी समस्या झन बढ्दै जाने र खर्चपनि अाउने देखिन्छ ।

यदि वेवसाइडमा अाउने भिजिटरकाे संख्या वरावरकाे राम्राे खालकाे सर्भर नदिने हाे भने िरजल्ट ५, ६ दिनमा पनि हेर्न मुस्किल पर्न सक्छ ।

सबैभन्दा राम्राे र उत्तम उपाए API नै दिनु बेश हाे, अर्थात API बाट जुनशुकै संस्था वा व्यत्तिले अाफ्नाे वेवसाइडबाट दिन्छन्, जस्ले भिजिटरकाे संख्या पनि वाडिन्छ, र एकैसमयमा सबैले नतिजा हेर्न सक्छन् ।

अाधिकारिक निर्णय अनुशार यस्काे कुनै राम्राे व्यवस्था भएकाे छ भने त कुनै समस्या नहाेला तर हाल महिला लघुवित्तकाे IPO हेर्न राम्राेसँग पाएका छैनन् ।

तपाइलाइ कस्ताे लाग्याे कमेन्ट गर्नुहाेस्