न्युनतम १० कित्ता बाट ५० कित्ता बनाउदा कत्तिकाे प्रभावकारी? यस्ताछन् फाइदा भन्दा वेफाइदा

IPO in Nepal
IPO in Nepal

हुनत राम्राे कम्पनिकाे ५० कित्ता पर्दा कस्लाइपाे खुशि र फाइदा नहाेला र तर याे व्यवस्थाले खुशि र फाइदा भन्दा पनि वेफाइदा हुने धेरै भएकाे देखिन्छ।

हाल नेपालमा सेयर बजारमा IPO मा अावेदन दिदा कम्तिमा १००० रूपैया बराबरकाे र कम्तिमा १० कित्ता दिन मिल्ने व्यवस्था छ ।

तर अाउदाे दिनमा भने याे व्यवस्था परिवर्तन गरी ५० कित्ता हुने देखिन्छ भन्नुकाे मतलव, कम्तिमा पनि वा थाेरैमा पाँच हजार ५००० साथै ५० कित्ता अनिवार्य हुने तैयारि साथै अभ्याश भएकाे देखिएकाे छ ।

IPO मा लगानी गर्नेकाे सँख्या हाल अध्याधिक बढेकाे देखिन्छ, साथै धेरैकाे रूचिकाे विषयपनि रहेकाे छ, तर निराशाकाे विषय भने के छ त भन्दा सबैले कहिल्यै पनि प्रतयक IPO हात पार्न सक्दैनन्, चिट्ठा द्वारा वितरणा हुनेहुदा कसलाइ पर्ने र कसलाइ नपर्ने ठेगान हुदैन ।

यसैविच हाल अब अाउन लागेकाे कम्तिमा ५० कित्ता व्यवस्था ठिक हाेला त? हेराै यसका फाइदा तथा वेफाइदा ।

५० कित्ता बनाउनुहाे अर्थ वा उद्धेश्य हेराै पहिला, ठुला ठुला लगानी कर्ता ले IPO बाट कुनै राम्राे स्वाद लिन नशक्नु प्रमुख देखिएकाे छ, १०० काे लगाएकाे छ त्याे पनि पर्दैन, र सधै खाली रहन्छ, यस्ताे समस्या हामि सामान्यलाइ पनि छ ।

त्यसाे त IPO बाट हुने प्रतिफल प्रर्ति अाकर्षण न हुने त काे नै हाेला र IPO मा लगानी लगाउन डराउने पनि काे नै हाेला?

खासमा ५० कित्ता हुदा पर्नेलाइ भने फाइदा हुन्छ तर ठुलाे लगानी कर्तालाइ पनि सधै पर्छनै भन्ने हुदैन ।

लगानी सबैकाे पहुचमा पुग्नु अति राम्राे हाे, जस्ले बजारलाइ चलायमान र नयाँ दिशा दिनमा पहल पुग्दछ ।

नेपालमा ठुलाे पुजीकाे IPO नै अाउदैनन् धन्न एउदा निफ्राकाे IPO थियाे र सबैलाइ केहि अाशा जगायाे नत्र अरूमा भने सधै निराशानै भइराख्नु पर्छ ।

सबैकुरा राम्राे सँग र विष्लेशण गर्दा ५० कित्ताले त्यति राम्राे समधान देखिदैन, सबैकुरा लेख्ने समय नहुदा वुदागत रूपमा प्रश्तुत छ ।

१० दश कित्ता हुदाकाे फाइदा साथै केहि कुरा

१. ५० कित्तामा पाउने भन्दा धेरैकाे हातमा कित्ताकाे पहुच हुनुकाे साथै बजार प्रर्ति चाशाे बद्छ ।

२. धेरै जनासँग हुनेहुदा समय समय मा त्याे कित्तालाइ बेच्ने मनशाय हुदा प्राथामिक बजारकाे लगानीकर्ता पनि दाेस्राे बजारमा जानुपर्ने हुन्छ र वजार चलायमान हुन्छ

३. कुनै एक जना व्यक्तिले ५० कित्ता हाेल्ड गरेर राखेजस्ताे १० कित्तामा यस्ताे हुदैन किनकि १० जनाकाे मनस्थिति र १ जनाकाे मनस्थितिमा फरक हुन्छ र एक जनाकाे मनस्थितिले खासै परिवर्तन वजारमा देखिदैन

४. १० कित्ता हुदा बजार सागुराे हुदैन ।

५. थाेरै पैशा हुनेले पनि लगानी गर्नमा धेरै सशज देखिन्छ ।

६. धेरैकाे मन खुशि हुन्छ ।

५० कित्ता हुदाकाे वेफाइदा (खासमा फाइदा कम भएकाेले वेफाइदा ज्यादा हुदा वेफाइदाकाे उल्लेख छ )

१. सबैमा पहुच हुदैन, धेरैकाे हात खाली हुदा बजारपर्ति अली निराशा अाउछ ।

२. IPO नपाएपछि दाेस्राे बजारमा लगानिकर्ता जाने बातावरण एकदमै कम हुन्छ, दाेस्राे बजारमा पनि बजार चलाएमा कम हुन्छ

३. १० जनाले पाउने IPO एकजनाले मात्र पाउने हुदा १० जनाकाे विचार अनुशार बजारमा चहलपहल हुनेथियाे भने ५० कित्ता पाउने १ जनाकाे विचारमा बजारमा त्यति चहलपहल हुदैन ।

४. एकजनाकाे हातमा हुने IPO हाेल्ड हुने चान्श १० जनाकाे भन्दा धेरैले बढि हुन्छ किनकि १ जनामा जत्ति अार्थिक अवस्था साथै वेच्नुपर्ने वाध्यता १० जनाकाे भन्दा कम हुन्छ, यदि धेरैले हाेल्डमात्र गरेभनेपनि त्यति राम्राे बजारकाे हिसावले नहुन सक्दछ ।

५. नेपालमा ठुलाे पुजी भएकाे कम्पनी साथै सबैले पुग्ने खालकाे IPO धेरैले कम वा हुदैनन् पनि भन्न मिल्नेखालकाे छ, त्यसअनुशार वजार पर्तिकाे जागरूकता, खाेज, जिज्ञाशा, साथै अध्यानकाे राम्राे पाटाे भनेकाे धेरैलाइ IPO मा पहुच हुनु हाे, यदि ५० कित्तकाे व्यवस्था लागुभएपश्चात यी सबै हुदैनन् जसले बजारलाइ तिब्रगति दन लामाेसमय कुर्नुपर्दछ ।

यसका अन्य धेरै वेफाइदा देख्न सकिन्छ, समय कम भएकाे हुदा थाेरैमात्र जानकार गराइएकाे छ।

हामि अाशा गराै, नेपाल धिताेपत्र बार्डले सायद सबैकाे हितमा व्यवस्था ल्याउने छ, जस्ताे व्यवस्था भएपनि अथवा अाएपनि लगानिकर्ताकाे हितमा अनि बजारकाे हितमा भइदियाेस् ।

धन्यावाद ।

तपाइलाइ कस्ताे लाग्याे कमेन्ट गर्नुहाेस्